महिला शसक्तीकरणमा अगाडि बढ्दै सैनामैना

by समतल अनलाइन

टिका खरेल
सैनामैना । सैनामैना नगरपालिकाकाे महिला तथा बालबालिका बिकास शाखाले वार्ड नं ६ मा रहेका महिलाहरुकाे लागि ३ दिने अाधारशिला तालिम दिएकाे छ । समापन समाराेहलाई सम्बाेधन गर्दै सैनामैनाकी उपप्रमुख बिना रानाले महिलाहरु प्रजनन स्वास्थ्यमा सजक हुनु पर्ने बताउनु भयाे । हाल नेपालमा प्रजनन स्वास्थ्य अधिकार लागु भई सकेकाेले सबै महिला साे अधिकारकाे बारेमा जानकार हुन जरुरी रहेकाे उप प्रमुख रानाले बताउनु भयाे । बार्ड नं ६ कि महिला सदस्य लक्ष्मी पाण्डेले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्नु पर्ने बताउनु भयाे ।

सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, सैनामैनाका पशु शाखा अधिकृत ईन्द खड्का,प्रहरी नायब निरीक्षक राजकुमार चापागाईं ,वसन्त रेग्मी लगायतले तालिम दिनु भएकाे थियाे । कार्यक्रममा सहभागी रेशमा कुवर ,रमा सिलवालले तालिम धेरै प्रभावकारी र व्यवहारिक रहेकाे बताउनु भयाे । तालिममा सैनामैना ६ का ३१ महिलहरुकाे सहभागीता रहेकाे थियाे ।

कार्यक्रममा महिला तथा बालबालिका बिकास शाखाकी डिला रानाकाे सहजिकरण तथा अधिकृत तुल्सा जवालीकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

 
 
  
 

You may also like