काठमाडौं ।जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट तीन दिन भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको हुँदा वर्षा र हिमपातको सम्भावना रहेको बताएको हो ।
हाल देशभर सामान्य बदली रहेको जनाएको छ । महाशाखाले मौसम बदलीसंगै वर्षा/हिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन सबैलाई अनुरोध छ ।
यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान
पौष १८ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पौष १९ गते (शनिबार)
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर आंशिकदेखि सामान्य सामान्य बदली रहि उच्च पहाडि तथा हिमालि भु-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
पौष २० गते (आइतबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर आंशिक देखि सामान्य सामान्य बदली रहि उच्च पहाडी तथा हिमालि भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।