गुल्मीको सत्यवती र रुरु जोड्ने पुलको पररास्ट्र मन्त्रि प्रदिप ज्ञवाली द्वारा शिलान्यास

by समतल अनलाइन

सुरेश थापा
गुल्मी। १४ करोड लागतमा निर्माण हुने गुल्मीको सत्यवती गाउँपालिका र रुरु गाउँपालिका जोड्ने बढीघाट नदीको ट्रस ब्रिज मोटर पुलको बगाउने भन्ने स्थानमा पररास्ट्रमन्त्रि प्रदिप कुमार ज्ञवालीले एक कार्यक्रमका विच सिलन्यास गर्नुभएको छ।

नेपालमा निर्माणाधिन योजना समयमा सम्पन्न नहुने व्यवहारले हाम्रा विकाशका काममा ठुलो क्षति पुगेको र सरकारको अरबौं लगानि विचमा अलपत्र परेको सिलन्यास कार्यक्रमका प्रमुख अतिथि ज्ञवालीले बताउनु भयो । सोहि प्रसङ्गमा विकासका काममा १ मिनेट पनि ढिलो गर्ने छुट कसैलाई नरहेको उल्लेख गर्दै सहयात्री राष्ट्रहरु विकाशमा धेरै अगाडि बढीसकेको उदाहरण प्रस्तुत गर्दै यसलाई भेटाउन हामीले १,२ गेरमा होइन ५ गेरलगाएर ठोस संकल्पका साथ अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।

यो पुल सत्यवती र रुरु जोडने मात्र नभै बैकल्पिक सडकको पुल रहेको बताउदै निर्माण कम्पनीलाई तोकिएको समयमा काम सम्पन्न गर्न आग्रह गर्नुभयो । ६० मिटर लम्बाइ रहेको ब्रिज इलाइट कन्ट्रक्सन प्रा.लि. ले जिम्मा लिएको छ ।

 
 
  
 

You may also like