ओराली लागेको हरिणको चाल भयो… रामकृष्ण ढकाल

by समतल अनलाइन

काठमाडौं । गरिबी र अभावमा हुकेको रामकृष्ण ढकालको जीवन जवानीमा निकै फूल्यो । तर बुढेसकालको आरम्भमै उनी फेरी एकपटक बाल्यकालको अबस्थामै पुगेका छन् ।

निकै गरिवीमा हुर्केका रामकृष्ण ढकाल एक समय नेपाली सांगेतिक क्षेत्रका एक्लो तारा थिए । नारायण गोपालको उपमा पाएका रामकृष्णले जुन गीत गाएँ, त्यही हिट हुँदै जान्थ्यो । देश विदेशबाट उनलाई महिनौ कुरेर, ठुलो रकम तिरेर आयोजकहरुले स्टेजमा उतार्ने गर्दथ्थे ।

घाटामा पुग्ने महोत्सव र स्टेज कार्यक्रम रामकृष्णको पाइला परेपछि फाइदा पुग्थ्यो । त्यही भएर उनी एक्ला स्टार थिए । तर समयले यस्तो कोल्टे फेरेको छ की उनको जीवन उनकै चर्चित गीत जस्तै बनेको छ ।

यो पनिः गायक रामकृष्ण ढकालले गरे पत्नी निलमसँग सम्बन्ध बिच्छेद

ओराली लागेको हरिणको चाल भो…… छ्याल गर्यो मायाले, उनको जीवन पनि यो गीत जस्तै बन्यो । जतिबेला उनी नेपाली गीतका स्टार थिए, त्यो बेला उनका लागि सवै थियो । तर आज उनीसँग जीवनमा आफैले मन पराकी न त पत्नी छन् नत मुटुभन्दा प्यारी छोरी नै साँझ विहानसँग हुन्छिन् । उनी नितान्त जंगलमा हराएको तर आरोलो लागेको हरिण जस्तै बनेका छन् ।

क्यासिनोको लत रामकृष्णको जीवनमा अभिषाप बन्यो । जति कमाएका थिए, त्यो सवै उनले क्यासिनोमै गुमाए । यतिमात्र हैन, उनले सहकारी र बैंकबाट ऋण पनि लिए । ऋण तिर्न नसकेका कारण उनले दर्जनौ सास्ती भोगे । गरिवीकै कारण रामकृष्णले फेरी एक पटक सुन्दर बगैंचामा एक्लो भमरा बनेका छन् ।

रामकृष्ण ढकालले बर्षाै पहिले सैन्य परिवारकी निलम शाहसँग प्रेम विवाह गरेका थिए । विवाहपछि उनीहरुको जीवन सुन्दर हुन सकेन । जति सुन्दर प्रेमका बेला थियो, त्यो भन्दा निकै कठोर विवाहपछि उनीहरुको जीवन बित्यो । अभावै अभावका बीच उनीहरुले बुधवार सम्बन्ध बिच्छेद गरेका छन् । रामकृष्णको जीवन ओराली लागेको हरिणको चाल भो ।

Share this:

 
 
  
 

You may also like