आज विश्वभर क्रिसमस पर्व मनाइँदै, नेपालमा पनि रौनक

by समतल अनलाइन

काठमाडौं। विश्वभरका इशाई धर्मबलम्बीहरुले आज (बुधबार) क्रिष्टमस (क्रिसमस) पर्व मनाउँदै छन् । यो दिन क्रिश्चियन धर्मका प्रवर्तक यशु क्रिष्टको जन्म भएको मान्यता छ ।

क्रिसमसको अर्को अर्थ जिजस क्राइस्टको जन्म दिन पनि हो । खासगरी पश्चिमा देशहरुमा क्रिष्टमस पर्वको विशेष रौनक देखिन्छ । यो पर्व इसाई धर्मावलम्बीहरुले मनाउने भएपनि नेपालमा गैर इसाईहरुले पनि क्रिसमस मनाउने गरेको पाइन्छ ।

क्रिसमसको अघिल्लो रातलाई क्रिसमस इभको रुपमा मनाइन्छ । संसारभर क्रिसमस इभ मनाइरहँदा नेपालमा पनि यो पर्व मनाइएको छ । काठमाडौंको ठमेललगायतका स्थानहरुमा ग एराति क्रिसमस इभको हर्षोल्लास देखिएको थियो ।

विदेशी पर्यटकहरुको भीड हुने विभिन्न स्थानहरुमा क्रिसमस इभको रौनक देखिएको थियो । आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जिजस क्राइस्टको जन्म भएको इसाई धर्मग्रन्थ बाइबलमा उल्लेख छ ।

 
 
  
 

You may also like