मेलाको पूर्व शन्ध्यामा जनचेतनामुलक मोटरसाईकल ¥याली प्रदर्शन

by समतल अनलाइन

उद्घाटन उपप्रधानमन्त्री पोखरेलले गर्ने

बुटवल । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा भोली बुधबारदेखि सुरु हुने २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को पूर्व शन्ध्यामा मंगलबार जनचेतनामुलक मोटरसाईलक ¥याली प्रदर्शन गरिएको छ ।

¥यालीको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले मुलुकको अर्थतन्त्र सुधारकालागि नीजि क्षेत्रको योगदान उल्लेखनीय रहेको बताउनु भयो । उहाँले बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको मेलाले यस क्षेत्रको अर्थतन्त्रलाई समेत चलायमान गराउने भएकाले मेलाको गरिमा कायम राख्नेगरी सञ्चालन गर्न समेत आग्रह गर्नुभयो ।

त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पान समितिका संयोजक खिमबहादुर हमालले मेलामा भएको तयारीको बारेमा जानकारी गराउँदै नयाँ मेला सञ्चालन गर्न लागिएको ठाउँपनि भएको छोटो सयमका बिच पनि तयारीका काम पुरा गरिएको बताउनु भयो ।

मेला स्थल बुटवल ११ देवीनगरबाट सुरु गरिएको जनचेतनामुलक मोटरसाईकल ¥याली योगीकुटी, राजमार्ग चौराहा, वेसक्याम्प, सिद्धेश्वर स्कुल, मिलनचोक, अस्पताललाईन, गोलपार्क, जेसीजचोक, संगमपथ ट्राफिकचोक, महेन्द्र पार्क, नेपालगञ्ज रोग हुँदै बेलबास, शान्तिचोक, बदेलपोखरी, नयाँगाउँ, तामनगर, सेमलार, मैनैया, फर्साटिकर, मोतिपुर पत्थरगंज, बुद्धनगर, देवीनगर हुँदै मेला स्थल आएर सकिएको ¥याली व्यबस्थापन उपसमितिका संयोजक करुण खनालले जानकारी गराउनु भयो ।

मेलाको तयारीको काम सबै सकिएको र बिहान ११ बजे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलेलले मेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको संघका महासचिव तथा मेला सचिवालय व्यबस्थापन उपसमितिका संयोजक दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो । त्यस्तैगरी मेलाको उद्घाटन कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, प्रदेश पाँचका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरी, प्रदेश सभा सदस्यहरु, नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा तथा पदाधिकारीहरु, समेत सहभागि हुने कार्यसम्पादन उपसमितिका उपसंयोजक हरिप्रसाद अर्यालले जानकारी गराउनु भयो ।
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ आयोजना गरिएको मेलामा ५ सय स्थल सहभागि छन् । बुधबारदेखि सुरु हुने मेलामा मंगलबार साँझ सम्म स्टल धनीहरु आईसकेको र बुधबार बिहानसम्म स्टल व्यबस्थापनको काम समेत पुरा हुने मेला सचिवालयले जनाएको छ ।

टिकट व्यबस्थापन

मेलामा सर्वसाधारणको प्रवेशकालागि टिकल व्यबस्थापनलाई सहज बनाएको टिकट व्यबस्थापन उपसमितिले जनाएको छ । मेलामा प्रवेशकालागि मेला स्थलमा टिकट घर निर्माण गरिएको छ । मेला स्थलको टिकटघर बिहान १० बजे खुल्नेछ । त्यस बाहेक सर्वसाधारणको सुविधाकालागि बिभिन्न स्थानमा टिकट बिक्रिको व्यबस्था मिलाईएको बुटवल उद्योग बाणिज्य संघका सदस्य तथा टिकट व्यबस्थापन उपसमितिका संयोजक नरिश्वर शर्मा पौडेलले जानकारी गराउनु भयो । उहाँका अनुसार टिकट लिनकालागि सहज गराउनकालागि देवसिद्ध चोक, बुद्धनगर, ट्राफिकचोक, योगिकुटी, राजमार्ग चौराहा, तामनगर, नयाँगाउँ(सालघारी), वेशक्याम्पस लगायतका स्थानमा टिकट बिक्रिको व्यबस्था मिलाईएको छ । मेलाको नियमित कार्यक्रम १० पछि मात्रै सुरु हुनेभएकाले मेला प्रवेशकालागि पनि १० बजेमात्रै खुल्ला हुने संघका वरिष्ठ उपाध्यक्ष तथा मेला कार्यसम्पादन समितिका सहसंयोजक उज्जवल कसजुले जानकारी गराउनु भयो ।

 
 
  
 

You may also like