सिप परिक्षणमा उत्तिर्ण विद्यार्थीलाई सम्मान

by समतल अनलाइन

बुटवल । बुटवलमा रहको रोजगार ईन्टीच्युट(जेएन सरको कोरियन भाषा कक्षा)बाट कोरियन भाषा स्कील टेस्ट उत्तिर्ण बिद्यार्थीलाई सम्मान गरिएको छ ।

स्किल टेस्ट मार्फत ईन्टीच्युटमा अध्ययन गरेका १ सय १९ जना बिद्यार्थीहरु मध्य १ सय ६ जना उत्तिर्ण भएको सञ्चालक अर्जुन बिश्वकर्माले जानकारी दिए ।

सन २०१३ मा स्थापना भएको जे एन सरको कोरियन भाषा कक्षाले उत्तिर्ण भएका बिद्यार्थीहरुलाई बिभिन्न संघ संस्थासंग समन्वय गरी निशुल्क तालिमको ब्यवस्थापन गरेको ईन्स्टिच्युटका प्रिनसिपल जगन्नाथ न्याैपाने (जे एन सर)ले जानकारी दिए । उनलेआफ्नो ईन्स्टिच्युटमा अध्ययन गरी फेल भएका १३ जनालाई निशुल्क अध्ययनको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

उनले निशुल्क अतिररिक्त कक्षाको व्यवस्थापन गरेको बताउँदै स्कील टेस्टमा आउने जस्तै शिक्षण समाग्री आफुहरुकोमा रहेकोले नतिजा राम्रो आएको तर्क गर्छन् ।

कार्यक्रममा ईन्स्टिच्युटका शिक्षक नन्दु घिमिरेले आगामी दिनमा पनि बिद्यार्थीहरुको हितमा रहेर काम गर्ने बताए । कार्यक्रममा सोहि ईन्स्टिच्युटबाट अध्ययन गरी पास भएका बिद्यार्थी दिपक लम्साल र प्रदिप गिरीले आफुहरुले सोही स्थानबाट अध्ययन गरेको बताउँदै आफु जेएन सरको चेलो हुन पाउनु गर्वको कुरा भएको तर्क गरे । कार्यक्रममा शिक्षक शालिक अधिकारी, शिक्षक कमला गिरी तथा पासर ११ जना बिद्यार्थीले बोलेका थिए ।

 
 
  
 

You may also like