घरको बारीमा ९ फिट लामो अजिंगर फेला

by समतल अनलाइन

सप्तरी । सप्तरीको हनुमान नगर कंकालिन नगरपालिका–१ स्थित भारदहमा अजिंगर फेला परेको छ ।

स्थानीय सुधीर झाको घरको बारीमा करिब नौ फिट लम्बाइ भएको अजिंगर फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ । करिब २५ किलो तौल भएको अजिंगर झाको घरको बारीमा देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले अजिंगरलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उक्त अजिंगरलाई वन्यजन्तु आरक्षणको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई महिना अगाडि पनि सप्तरी जिल्लाको खाँडो नदीको किनारमा अजिंगर फेला परेको थियो ।

 
 
  
 

You may also like