त्रिशुली बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ९ पुग्यो, २० अझै बेपत्ता

by समतल अनलाइन

धादिङ । धादिङको बेनिघाटरोराङ गाउँपालिका–३, सलाङघाटबाट त्रिशूली नदीमा यात्रुबस खसेर भएको दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।त्यस्तै दुर्घटनामा परि २० जना हराइरहेका छन्।

धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले ज्यान गुमाएकामध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै पहिचान खुलेको जानकारी दिए । उनका अनुसार ३ जनाको घटनास्थमै ज्यान गएको हो।

यस्तै, दुई जनाको चितवनमा, दुई जनाको तनहुँमा, एक-एक जनाको गोरखा र पूर्वी नवलपरासीमा शव भेटिएको हो । दुर्घटनामा १६ जनाको उद्धार गरिएको छ । रात परेकाले हराएका २० जनाको अब शनिबार बिहानदेखि मात्रै खोजी थालिने भएको छ। खोजीका लागि सबै निकायसँग समन्यव भइरहेको बताए ।

सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाण्डौका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस बिहान सलाङघाटबाट त्रिशूली नदीमा खसेको हो । हराइरहेकाहरुको खोजीका लागि तनहुँ, गोरखा, चितवन र नवलपरासी प्रहरीसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

 
 
  
 

You may also like