काँग्रेस नेता भण्डारी विद्यावारिधिबाट दीक्षित, नेताहरुले दिए बधाई

by समतल अनलाइन

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीलाई त्रिविको ४५ औँ दिक्षान्त समारोहमा दीक्षित गरिएको छ । ललितपुरस्थीत पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा भएको त्रिविको ४५औँ दिक्षान्त समारोहमा उहाँलाई विद्यावारिधि (पीएचडी)उपाधिबाट दीक्षित गरिएको हो ।

नेता भण्डारीले राष्ट्र र राज्य निर्माण प्रकृयामा विश्वव्यापिकरणको भुमिका विषयमा विद्यावारिधी गर्नु भएको हो । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागबाट भण्डारीले गतबर्ष नै सोधपुरा गर्नु भएको थियो ।

आफ्नो सोधमा भण्डारीले राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक, भाषिक र धार्मीक बिषयको अध्ययन गर्नु भएको छ । सोधमा उहाँले विश्वव्यापीकरणको प्रभावले नेपालको राष्ट्र र राज्य प्रकृयामा आर्थिक केही मानक बाहेक सबै क्षेत्रमा नकारात्मक असर परेको उल्लेख गर्नुभएको छ ।

नेपालको आगामी दिन अझ बढि कठिन र चुनौतीपुर्ण रहेको भण्डारीको सोधको निष्कर्ष रहेको छ । दिक्षान्त समारोहमा सहभागी भएर विद्यावारिधि उपाधिबाट दीक्षित हुन पाउदा हर्षित भएको भन्दै नेता भण्डारीले सामाजिक सञ्जाल मार्फत् खुसी व्यक्त गर्नुभएको छ ।

उहाँले लेख्नु भएको छ, ‘त्रिभुवन विश्विद्यालयको ४५औं दिक्षान्त समारोहमा सहभागी भई विद्यावारिधि उपाधिबाट दिक्षित हुन पाउदा हर्षित छु । यसले मेरो देशका घेरै अंगहरुलाई राम्रोसँग चिन्ने मौका मिल्यो । त्रिविका सम्पूर्ण पदाधिकारी, मेरा गुरूवर्ग र मलाई सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार ।’

विद्यावारिधिको उपाधीबाट दक्षित भएकोमा नेता भण्डारीलाई उहाँको पार्टी काँग्रेससँगै विभिन्न दलका नेता तथा सुवेच्छुकहरुले बधाई ज्ञापन गरेका छन् ।

काँग्रेस महामन्त्री पुर्णबहादुर खड्का, केन्द्रीय सदस्य धनराज गुरुङ, महिला संघकी उपाध्यक्ष सरस्वती अर्याल तिवारीलगायतले बधाई दिदै विद्यावारिधि उपाधिले नेता भण्डारीको बौद्धिकता थप परिस्कृत हुने र देश र जनताका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

 

 
 
  
 

You may also like