उच्च शितलहरका कारण बुटवल लगायत आसपासका जिल्ला प्रभावित

by समतल अनलाइन

नारायण वली
बुटवल । प्रदेश नं. ५ को अस्थायी मुकाम रुपन्देही सहित आसपासका जिल्लाहरुमा उच्च शितलहरीका कारण विहानै देखि जनजिवन प्रभावित वनेको छ । वाक्लो हुस्सु र पानी झै झरिरहेको शितले अत्यधिक चिसो वढेपछि यहाँको जनजिवन प्रभावित भएको हो ।

गत मंगलवार (हिजो) वाट आंशिक रुपमा देखा परेको शितलहरी बुधवार (आज) देखि वर्षा झै निरन्तर भैरहेकाले स्कुल तथा क्याम्पसका विद्यार्थीहरु, दैनिकी ज्यालादारीमा काम गर्ने मजदुरहरु, वृद्धवृद्धा, वालवालिका र वजार गर्ने मानिसहरु समेत प्रभावित भएका छन्् ।

यस्तै उच्च शितलहरीका कारण सवारी साधन पनि चल्न सकेका छैनन्् भने छाडा पशुचौपायहरु प्नि प्रभावित वन्न पुगेका छन्् । वाक्लो हुस्सु सँगै चिसो हावा चलेकाले धेरै जना घरबाट बाहिर निस्कन सकेका छैनन्् । यता बजारका चोक–चोकमा आगो वालेर तापिरहेको देखिन्छ ।

आज दिउँसो २ वजेर ४५ मिनेटमा मापन गरिएको रुपन्देहीको न्यूनतम तापक्रम १२ दशमलव ० डिग्री सेल्सियस र अधिकतम्् तापक्रम १४.८ डिग्री सेल्सियस रहेको मौसम विज्ञान विभाग रुपन्देहीका फिल्ड ईन्चार्ज राममणि मिश्रले जानकारी दिनु भएको छ ।

ईन्चार्ज मिश्रका अनुसार उच्च मंगलवार (हिजो) देखि देखा परेको शितलहरी पश्चिम तराईका जिल्लाहरु मध्ये प्रदेश नं. ५ अन्र्तगत पर्ने पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके र वर्दिया लगायतका जिल्लाहरुमा देखा परेको वताईएको छ ।

 
 
  
 

You may also like