कान्ति माबिलाई प्रदेशकै उत्कृष्ठ नमुना बिद्यालय बनाईने

by समतल अनलाइन

बुटवल । बुटवल स्थित कान्ति माबिलाई प्रदेशकै उत्कृष्ठ नमुना विद्यालय बनाईने भएको छ । संघिय सरकार र प्रदेश सरकारको झण्डै २० करोड रुपैयाँको संयूक्त लगानीमा बिज्ञान बिषयमा प्रदेशकै नमुना विद्यालय बनाउने योजना स्विकृत भएको विद्यालयले जनाएको छ ।

त्यसका लागि संघिय सरकार र प्रदेश सरकारले ५०÷५० प्रतिशत बजेट लगानी गर्ने सहमती भएको हो । विद्यालयको ६६ औं बार्षिक उत्सवको पुर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्राचार्य गोबिन्द ज्ञवालीले बिद्यालयको बिज्ञान बिषयको शैक्षिक गुणस्तर बृद्धि गर्न आवश्यक भौतिक पुर्वाधार लगाएत क्षेत्रमा उक्त बजेट खर्च गरिने जानकारी गराए ।

उक्त बजेटबाट दूई वटा शैक्षिक भवन र दुईवटा छात्रावास भवन गरि ४ वटा भवनमा झण्डै १ सयवटा कोठा निर्माण गरिने पनि प्राचार्य ज्ञवालीले बताए ।

कुल २ बिगाह १५ कट्टा भन्दा बढि जग्गा रहेको कान्ति माबिको उत्तर र पुर्वको भागमा ति भवन बन्ने छन । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माका अनुसार बिगत केही बर्षयता बिद्यालयले एसएलसी र एसईईमा उत्कृष्ठ नतिजा ल्याउन सफल भएकोमा अव प्लस टुतर्फ पनि गुणस्तर बृद्धि भैरहेको बताए ।

एसईईमा पटक÷पटक पश्चिमान्चल प्रथम र प्रदेश प्रथम हुन सफल सो बिद्यालयले यसपटक कक्षा ११ को बिज्ञानतर्फ देशभरकै सामुदायिक बिद्यालयमा सर्वोत्कृष्ठ भएको थियो ।
बिसं २०१० सालमा स्थापना भएको कान्ति माबिले पौष २ गते बुधबार ६६ औं बार्षिक उत्सव मनाउदै छ ।

 
 
  
 

You may also like