कृषि मन्त्री पौडेल द्धारा कृषि उपज केन्द्रमा अनुगमन

बुटवल , २४ साउन । प्रदेश नम्बर ५ का कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश राजधानी बुटवलको बिभिन्न तरकारी तथा फलफुल पसलको अनुगमन गरेकी छिन ।

तरकारी र फलफुलमा चर्को मुल्य बृद्दि भएको र अत्याधिक बिषादी प्रयोग भएको जन गुनासो आएपछि बजार अनुगमन गरिएको कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ ।

आज मध्यान्ह बाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्यसंघका प्रतिनिधिहरु सहित अनुगमनमा निस्केको टोलिले कृषि उपज केन्द्र बुटवलमा अनुगमन गर्दा ब्यवसायीहरुसंग खरिद बिल तथा बिषादी अवशेष जांच गरेको प्रमाणपत्र नभेटिएको पाईएको छ ।

१२ वटा पसलमा अनुगमन गर्दा ६ वटा पसल बाणिज्य कार्यालयमा दर्ता नै नभएका, तरकारी तथा फलफुलको खरिद बिल नराखेको र बिषादी अवशेष परिक्षणको प्रमाणपत्र समेत नभएको पाईएकाले बाणिज्य कार्यालयमा उपस्थित हुन पत्र कार्टीको छ भने ६ वटा पसललाई सामान्य चेतावनी दिएर छाडीएको छ । अनुगमन भएका २ वटा पसलबाट बिषादी परिक्षणका लागि नमुना समेत बरामद भएको बताईएको छ ।

बजारमा मुल्य अत्याधिक बढाउने, बिषादी परिक्षण नगर्ने तथा किसानहरु ठगिने गुनासो आएपछि अनुगमन थालिएको प्रदेश ५ सरकारका कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बताइन ।

बाणिज्य कार्यालयका प्रमुख रुद्र प्रसाद ज्ञवालीले अधिकांस पसलहरुमा बाणिज्य दर्ता समेत नभएकाले कारवाहि प्रक्रिया अगाडी बढाईएको बताए ।
मन्त्रालयले नियमीत अनुगम गर्ने र नियम बिपरित कार्य गर्नेलाई कारवाहि गरिने जनाएको छ ।

कृषि उपज थोक बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीको ब्यवसायीक फर्म आशिक फ«ुट सेण्टरमा समेत कुनै कागजपत्र नभेटिएको पाईएको थियो । देबेन्द्र राहुल आलु भण्डार, साधु एण्ड बिजय भेजिटेबल सेण्टर, भान्जा फ«ुट एण्ड भेजटेबल सप्लायर्स लगायतका पसलहरुमा आवश्यक कागजपत्र नभेटिएकाले पत्र काटिएको थियो ।

 
 
  
 

You may also like