काठमाडौंको स्वयम्भुमा गोली चल्दा १ जना घाइते

काठमाडौं।काठमाडौंको स्वयम्भुनाथ क्षेत्रमा गोली चलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गोली चलाएको बुझिएको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले अभियुक्तलाई नियन्त्रणमा गर्ने क्रममा गोली चलाइएको बताए ।

प्रहरीको गोली लागेर १ जना घाइते भएका छन् । घाइते हुनेमा लोप्साङ भनिने मिलन लामा छन् ।

उनी राजधानीमा हुने चोरीका घटनामा संलग्न रहँदै आएका प्रहरीले जनाएको छ । लोप्साङको घुँडा मुनि २ ओटा गोली लागेको छ ।

उनलाई उपचारका लागि अहिले वीर अस्पताल भर्ना गरिएको एसएसपी थापाले जानकारी दिए ।

प्रहरीका अनुसार पछिल्लो समय उनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षकी छोरीलाई ज्यान मार्दिन्छु भन्दै धम्की दिएका थिए । पीडितको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनको खोजी गरेको थियो ।

लोप्साङसँगै प्रहरीले अमृत तामाङ भन्ने व्यक्तिलाई समेत पक्राउ गरेको छ ।

 
 
  
 

You may also like