डिभिजन सडक कार्यालय पोखराका प्रमुख ९ लाख घुससहित पक्राउ

पोखरा,साउन २४ । कास्कीको पोखरास्थित डिभिजन सडक कार्यालयका प्रमुखसहित ५ जना व्यक्ति ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले ९ लाख घुससहित बिहीबार ५ जनालाई नियन्त्रामा लिएको हो ।

घुससहित पक्राउ पर्नेमा डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरि कुमार पोखरेल, इन्जिनियर पवित्रमणि आयर्चा र कार्यालय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मा छन् ।

अख्तियारले ९ लाख रुपैयाँ घुस दिने जीएसआर निर्माण सेवाका प्रोप्राइटर ऋषि गौतमलाई प्रहरीको सहयोगमा पक्राउ गरेको छ ।

अख्तियारका डिभिजन सडक कार्यालयअन्तर्गत कार्यान्वयन भइरहेको विभिन्न योजनाको भुक्तानी तथा पेश्की रकम निकासाका लागि कार्यालय प्रमुख पोखरेलसहितले घुस रकम माग गरेका थिए ।

कार्यालय प्रमुख पोखरेलले माग गरेको घुस रकम बुझाउनका लागि जीएसआर निर्माण सेवाका प्रोप्राइटर ऋषि गौतम आफैं डिभिजन सडकको सरकारी निवास पुगेका थिए ।

घुस रकम दिएलगत्तै सरकारी निवासबाट फरार भएका गौतमलाई पछि प्रहरी परिचालन गरेर पक्राउ गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

 
 
  
 

You may also like