दशरथ रंगशालामा दर्शकमाथि प्रहरीको दुर्व्यवहार , रिपोर्टिङको लागि गएका पत्रकार माथी लाठी चार्ज

by समतल अनलाइन

काठमाडौं। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा झडप भएको छ । फुटबलको टिक लिन गएका समर्थक र प्रहरीबीच झडप भएको हो ।

प्रहरी र दर्शकबीच झडप भइरहँदा रिपोटिङमा पुगेका पत्रकारमाथि समेत प्रहरीले लाठि हानेको हो ।

साग अन्तरर्गत फाइनल खेलको टिकटका लागि दशरथ रंगशाला परिसर पुगेका दर्शकहरु ठेलमठेल गर्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि लाठी वर्षाएको छ ।

कुटपिटको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत दुर्व्यवहार गरेको छ । नागरिक दैनिकका पत्रकार समुन चापागाईमाथि प्रहरीले दुर्व्यवहार गरेको हो ।

 
 
  
 

You may also like