82
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ ।
शनिबार सम्पन्न पहिलो खेलमा कर्णालीले लुम्बिनीलाई ९ विकेटले पराजित गरेको हो ।
लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछाएको कर्णालीले १२.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
कर्णालीको जितमा मार्क वाट शतकीय पारी खेल्दै ४४ बलमा ११४ रन बनाएका थिए ।
यस अघि लुम्बिनीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएको थियो । जसमा कप्तान रोहित पौडेलले ४९ रनको पारी खेलेका थिए ।
यो कर्णालीको दोस्रो खेलमा पहिलो जित हो भने लुम्बिनीले पनि दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।
एनपीएल अन्तर्गत आजै ४ बजे बिराटनगर किंग्स र काठमाडौँ गोर्खाजबीच खेल हुदैछ ।

