राममणि बहुमुखी क्याम्पसमा तीन छुट्टाछुट्टै प्रशिक्षण सम्पन्न

by समतल अनलाइन
30Shares

बुटवल । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा तीन बेग्लाबेग्लै प्रशिक्षण सम्पन्न भएका छन् । क्याम्पसमा सञ्चालित लेखा, कर प्रणाली तथा मूल्य अभिवृद्धि कर दाखिला सम्बन्धी तीन दिने प्रशिक्षण आज शुक्रबार सम्पन्न भयो । तालिममा चार्टर्ड अकाउण्टेण्टहरूः प्रमोद पन्थी, नवराज अर्याल र सन्तोष पन्थले तालिम दिनुभएको थियो ।

क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीको प्रमुख आतिथ्यमा आयोजित तालिम समापनका अवसरमा बोल्दै विद्यार्थीले व्यवहारिक शिक्षा एवम् सीप विकाशका लागि तालिम कोशेढुंगा सावित भएको बताएका थिए । विद्यार्थी परामर्श तथा रोजगार एकाई संयोजक भिमलाल घिमिरेको अध्यक्षता, समितिका सदस्य नम्रता पाण्डेयको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तीन दिन सम्म सञ्चालित तालिमले बी।बी।एस। तेस्रो वर्षका विद्यार्थीलाई कार्यक्षेत्रका निम्ति व्यवहारिक रूपमै तयार गरेको क्याम्पसका उपप्राध्यापक केशरचन्द्र भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी, ।क्याम्पसको मानविकी तथा शिक्षा संकायका चौथो वर्ष नेपाली विषयका विद्यार्थीका लागि शोधपत्र लेखन सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । मानविकीतर्फ शोधप्रस्ताव लेखन र शिक्षातर्फ अध्ययन पत्र लेखन प्रशिक्षण सम्पन्न भएको संकाय प्रमुख नारायणप्रसाद भुसालले जानकारी दिनुभयो ।

क्याम्पसका उपप्राध्यापक माया घिमिरेले दुवै संकायका विद्यार्थीलाई प्रशिक्षण दिनुभएको थियो ।

You may also like