श्रुतिलेखन प्रतियोगितामा जिविका रणपाल प्रथम

by समतल अनलाइन
45Shares

बुटवल । रुपन्देहीको देवदह–९ भलुहीमा रहेको न्यू नमुना ईङलिस बोर्डिङ्ग स्कुल कक्षा ५ की छात्रा जिविका रणपाल देवदह नगरपालिका स्तरीय श्रुतिलेखन प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छन् ।

देवदह नगरपालिकाद्वारा आयोजित  विभिन्न प्रतियोगिताअन्तर्गत कक्षा ४ र ५ को आधारभूत तह स्तरीय  श्रुतिलेखन प्रतियोगितामा  जिविकाले प्रथम स्थान हासिल गरेकी हुन् । त्यस्तैगरी सोही विद्यालयको कक्षा ८ मा  अध्ययनरत छात्रा कृष्टि वि.क. ले  डिक्टेशन लेखन प्रतियोगितामा तृतीय स्थान प्राप्त गरेकी छन् । प्रतियोगितामा विजयी  विद्यार्थीहरुलाई  सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा विजयी  विद्यार्थी तथा अभिभावकलाई  शुक्रबार  न्यू नमुना ईङलिस बोर्डिङ स्कुलका प्राचार्य चुडा बहादुर थापा र सहप्राचार्य लक्ष्मी पुन अधिकारीलगायतका शिक्षकहरुले  विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा बधाई दिदै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

न्यू नमुना स्कुलले पढाईमा गुणस्तरीयताका  साथै आफ्ना विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा समेत सहभागी गराई विभिन्न कार्यक्रममा उत्कृष्टता प्रस्तुत गर्दै आएको छ । यस अघि चित्रकला प्रतियोगिता, गायन प्रतियोगिता र देवदह डान्स आइडललगायतका  विभिन्न प्रतियोगितामा  विजेता  हुँदै आएको विद्यालयका शिक्षक कृष्ण पन्थीले बताए ।

देवदह नगरपालिकाले यस अघि कक्षा १ देखि ३ सम्म चित्रकला प्रतियोगिता, कक्षा ६ देखि ८ सम्म डिक्टेशन  प्रतियोगिता र कक्षा ९ र १० सम्म हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगिताको नतिजा यही मंसिर ३ गते सार्वजनिक गरिएको हो ।  

You may also like