एनपिएल हेर्न आउनेहरूका लागि नि:शुल्क बस सेवा

by समतल अनलाइन
39Shares

काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) खेल हेर्न आउने महिला, वृद्ध, र अशक्तका लागि काठमाडौँ उपत्यकामा नि:शुल्क बस सेवा सञ्चालन हुने भएको छ।

युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा क्रिकेट हेरेर फर्किने आफ्नो सवारी साधन नहुनेहरूका लागि नि:शुल्क बस सेवा सुरु गरिएको मन्त्री गुप्ताले जानकारी दिएका छन् ।

मन्त्री गुप्ताले नि:शुल्क बस सेवाका लागि मुस्कान ट्राभल्ससँग सहकार्य गरिएको जानकारी दिएका छन् । उनका अनुसार यो सेवा आजदेखि खेल अवधिसम्म बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ।

यस्तो छ रुट
रुट १: टीयू गेट – स्वयम्भू – बालाजु

रुट २: टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज

रुट ३: टीयू गेट – बल्खु – कालीमाटी – थापाथली – बानेश्वर – तिनकुने – गौशाला – चाबहिल

रुट ४: टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वर

You may also like