एनपीएलमा सुदूरपश्चिम रोयल्सको विजयी शुरुआत

by समतल अनलाइन
60Shares

बुटवल। नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ। बुधबार भएको लिगको पहिलो खेलमा साविक उपविजेता सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गर्दै सानदार जीत हात पारेको हो।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाज ११८ रनमै समेटियो। निर्धारित लक्ष्यभन्दा २९ रन टाढै रोकिएको काठमाडौं पूर्ण रूपमा अलआउट भएपछि सुदूरपश्चिमले सहज जित दर्ता गर्‍यो।

You may also like