नेपाल प्रिमियर लिग (एनपीएल) को सुरुवाती खेलमा काठमान्डु गुर्खाज विजयी

by समतल अनलाइन
64Shares

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमान्डु गुर्खाजले उत्कृष्ट प्रदर्शन गर्दै जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ। सोमबार टियु क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले १३१ रनको लक्ष्य १८ ओभरमै पूरा गर्दै शानदार जीत दर्ता गर्यो।

जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य पछ्याउँदै उतरेको काठमान्डुको सुरुवात सन्तोषजनक रह्यो।
टिमका लागि बेन चार्ल्सवर्थले सर्वाधिक ४६ रन जोड्दै जितको आधार बनाएका थिए।
त्यस्तै आका त्रिपाठीले ३९ रन, मिलिन्द कुमारले १९ रन, र जोह्न सिम्पसनले १३ रन जोडेर टोलीलाई लक्ष्यसम्म पुर्‍याए।

काठमान्डु गुर्खाजले व्याटिङ र बलिङ दुवै विभागमा सन्तुलित प्रदर्शन देखाउँदै लिगमा आफ्नो यात्रा विजयी सुरुवात गरेको हो।

You may also like