मन्त्री पुनको कटाक्ष : पैसा उमार्ने जादु नै छ कि क्या हो दुर्गा भाइसँग ?

by समतल अनलाइन
73Shares

काठमाडौँ । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँका महत्त्वाकाङ्क्षी योजना सार्वजनिक रूपमा आएपछि शिक्षामन्त्री महावीर पुनले कटाक्ष गरेका छन् ।

व्यङ्ग्य गर्दै मन्त्री पुनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत प्रसाईँले सेना, प्रहरी र शिक्षकहरूको तलब एक लाख रुपैयाँ पुर्‍याउने र २० लाख रुपैयाँभन्दा तलका सबै ऋण मिनाहा गर्ने घोषणा गरेका विषयमा आश्चर्य व्यक्त गरेका हुन् ।

उनले सो घोषणाको कार्यान्वयनका लागि आवश्यक पर्ने विशाल रकमको स्रोतबारे प्रश्न उठाउँदै लेखेका छन्, ‘तलब बढाएपछि अरू सबैको पनि बढाउनुपर्छ । अनि ऋण मिनाहा गर्न पैसा चाहिन्छ । त्यत्रो धेरै पैसा कहाँबाट ल्याउने रहेछन् ? पैसा उमार्ने जादु नै छ कि क्या हो दुर्गा भाइसँग ?’

शिक्षामन्त्री पुनको यो अभिव्यक्ति दुर्गा प्रसाईँले सार्वजनिक रूपमा विभिन्न क्षेत्रका कर्मचारीको तलब वृद्धि र ऋण मिनाहा गर्ने जस्ता सार्वजनिक मन्तव्य आएपछिको हो ।

You may also like