52
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफूहरूले बनाएको पार्टी सबै पुस्ता र वर्गका जनताको पार्टी भएको बताएका छन् ।
आइतबार पेरिस डाँडामा नवगठित पार्टीका पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठकपछि पत्रकारसँग कुराकानी गर्दै खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘बद्धहरूको पार्टी’ भनेको टिप्पणीको जवाफ दिएका थिए।
खनालले भने, ‘यो बुढापाकाहरूको मात्रै पार्टी होइन । यो युवाहरूको, बच्चाहरूको, महिलाहरूको, पुरुषहरूको, सर्वसाधारण जनताको पार्टी हो । कसैले पनि यसलाई बुढापाकाको पार्टी भन्न सक्दैन। बरु आफ्नो अनुहार ऐनामा हेर्नु सबैभन्दा राम्रो हुन्छ।’
उनले पार्टी सर्वहारा श्रमिक वर्गको हितमा ल




