प्रदेश सभापति लामिछानेलाई रास्वपाले सोध्यो स्पष्टीकरण

by समतल अनलाइन
48Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश सभापति डा. अच्युत्तम लामिछानेलाई स्पष्टीकरण सोधेको छ ।

हालै पार्टी परित्याग गर्ने नेताहरूप्रति लामिछानेले दिएको टिप्पणीप्रति चासो राख्दै पार्टीले उनलाई स्पष्टीकरण मागेको हो।

रास्वपाका पूर्व प्रमुख सचेतक सन्तोष परियार पार्टी छाडेको विषयमा प्रतिक्रिया दिँदै लामिछानेले ‘जान मन लाग्नेहरू रास्वपा छोडे हुने’ भन्ने अभिव्यक्ति दिएका थिए ।

लामिछानेको उक्त टिप्पणी पार्टी नेतृत्वले अमर्यादित रहेको ठहर गरेको एक शीर्ष नेताले जानकारी दिए। अनुशासन समितिले लामिछानेलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

You may also like