काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिग(एनपीएल)को सुरक्षा प्रबन्ध र तयारीबारे चासो राखेका छन् ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलसहित काठमाडौँ प्रहरी प्रमुख रमेश थापासँग एनपीएलको सुरक्षा तयारीबारे जानकारी लिएका हुन् । उनले प्रतियोगिता अवधिभर सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र कुनै अवाञ्छित घटना हुन नदिन निर्देशन दिएका हुन् ।
गृहमन्त्रीको सचिवालय अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न निर्देशन दिएका हुन् । ‘पहिलो पटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यस पालिको सुरक्षा व्यवस्था झनै मजबुत र दुरुस्त हुन जरुरी भएकोले सोही अनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछ’, मन्त्री अर्यालले भने।
यसअघि एनपीएलको उद्घाटन खेल घरमै बसेर हेर्न नेपाल क्रिकेट संघ (क्यान)ले आग्रह गरिसकेको छ। क्यानका सचिव पारस खड्काले भिडिओ सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गरेका थिए।




