आजको मौसम : केही पहाडी भूभागमा आंशिक बदली

by समतल अनलाइन
59Shares

काठमाडौँ।पछिल्ला केही दिनदेखि देशभर मौसम सामान्यतया सफा देखिएको छ । हाल कुनै महत्त्वपूर्ण मौसमी प्रणाली सक्रिय नहुँदा मौसम खुला रहेको विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि देशको अधिकांश भागमा सामान्य रहनेछ । दिउँसो कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रतर्फ भने केही समयका लागि आंशिक बदली देखिनेछ । बाँकी स्थानहरूमा मौसम सफा रहने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले रातिको समय कोशी तथा गण्डकी प्रदेशका पहाडी भूभागमा पनि आंशिक बादल लाग्न सक्ने उल्लेख गरेको छ । त्यसबाहेक देशका अन्य भूभागमा मौसम सामान्य रहने विभागको अनुमान छ ।

You may also like

This will close in 0 seconds