कुलमानलाई सुमनाले भनिन् : अघि बढिसक्नुभयो, मेरो शुभकामना छ

by समतल अनलाइन
41Shares

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी पूर्वसांसद सुमना श्रेष्ठ र ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ एउटै दलमा रहन सम्भव नभएको पुष्टि भएको छ।

लामो गृहकार्य र छलफलपछि दुवै जनाले तत्कालका लागि फरक बाटो रोजेका हुन् । सुमनाले अहिलेको अवस्थाबारे विस्तृत टिप्पणी गर्न नमिल्ने बताउँदै कुलमानलाई शुभकामना दिएकी छन् ।

‘के भयो, कस्तो भयो अहिले भन्नु उपयुक्त हुँदैन। तर अहिले उहाँ अघि बढिसक्नुभयो। मेरो शुभकामना छ ।’ सुमनाले भनिन् । अहिले फरक बाटो भए पनि आगामी निर्वाचन अवधिमा पुनः सहकार्यको सम्भावना खुला रहेको उनले बताइन् ।

स्रोतका अनुसार सुमनाले कुलमानलाई नयाँ पार्टीमा अध्यक्षका रूपमा स्वीकार्न तयार भएकी थिइन्। तर कुलमानले पूर्वसचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाउने प्रस्ताव गरेपछि सुमना पछि हटेकी हुन् ।

सुमना पक्षले कुलमानले मन्त्री पदबाट राजीनामा दिएर पूर्ण रूपमा संगठनमा लाग्नुपर्ने माग राखेको थियो । तर, कुलमान त्यसमा सहमत भएनन् ।

सुमनाले तत्काल फरक बाटो रोजे पनि राजनीतिक यात्राबाट पछि नहट्ने सङ्केत गरेकी छन् । स्रोतका अनुसार सुमनाले ‘उज्यालो नेपाल’ नाम व्यक्ति केन्द्रित हुने भन्दै ‘नेपाल विकास दल’ वा ‘नेपाल जनसेवा पार्टी’ जस्ता नाम प्रस्ताव गरेकी थिइन् । उनले यसअघि सामाजिक सञ्जालमार्फत पार्टीलाई सामूहिक नेतृत्वको मोडेलमा लैजान सुझाव पनि दिएकी थिइन् ।

You may also like

This will close in 0 seconds