87
बुटवल । बैंकमा कार्यरत श्रीमान्लाई भेट्न रुकुम पश्चिम पुगेकी गुल्मीकी स्वस्तिका पौडेल ज्ञवाली दुई वर्षीया छोरीसहित दुर्घटनामा परेर अस्ताएकी छन्।
श्रीमान्लाई भेटेर छोरीसहित सुर्खेततर्फ जाँदै गरेकी स्वस्तिका सवार गाडी पिसाब फेर्नका लागि सडक किनारमा रोकिएको थियो। सोही क्रममा उनीहरू गाडीबाट झरेका बेला अर्को गाडीले ठक्कर दिएको थियो।
दुर्घटनामा स्वस्तिका र उनकी दुई वर्षीया छोरीको मृत्यु भएको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

