प्रथम ज्ञानपुञ्ज सभेन ए–साइड फुटबल प्रतियोगिता : भोली उपाधिका लागि भिडन्त हुने

by समतल अनलाइन
49Shares

बुटवल। प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए–साइड फुटबल प्रतियोगिता–२०८३ को उपाधिका लागि भोली मंगलबार भिडन्त हुने भएको छ ।

सिद्धार्थ केबल कार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स तथा ऊर्जा इन्टरप्राइजेजको मुख्य प्रायोजक तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा प्रतियोगिता भइरहेको हो । मंगलबार (भोली) विहान सेमिफाइनल खेलहरू सम्पन्न भएपछि फाईनल प्रतिस्पर्धा हुनेछ ।

पहिलो सेमिफाइनलमा बिहान सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय र श्री नवरत्न इङ्लिस हाई स्कुल आमनेसामने हुनेछन्। त्यसैगरी विहान अर्को खेल नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय ‘ए’ र ‘बी’ बीच हुनेछ । विहान हुने सेमिफाईनलबाट विजयी भएकाहरु विद्यालयविच दिउँसो दिउँसो ३ः०० बजे फाईनल प्रतिस्पर्धा हुने विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए ।

सोमबार बेलुकाको खेलमा नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय ‘बी’ ले श्री नयागाउँ माध्यमिक विद्यालयलाई ४–० ले पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको हो । नविनका लागि निलेश शाही, श्याम परियार (२) र मदन तामाङ ले गोल गरे। उत्कृष्ट टिमवर्क, कौशल र एक गोलसहित प्रभावशाली प्रदर्शन गरेका निलेश शाही प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै अर्को खेलमा युगज्योति माध्यमिक विद्यालयलाई टाइब्रेकमा हराउँदै नवरत्न इङ्लिस हाई स्कूल सेमिफाइनल पुगेको छ । नवरत्नका गोलरक्षक अजय घमाल उत्कृष्ट प्रदर्शनका लागि प्लेयर अफ द म्याच घोषित भए । यसैगरी नविन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय ‘ए’ ले सेन्ट जोसेफ इङ्लिस बोर्डिङ स्कुललाई ४–१ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

नविनका लागि निशान पराजुली (२), भीम गुरुङ र रोयल पाङ्गेनी ले गोल गरे भने सेन्ट जोसेफका प्रिन्स रसाइली ले एक गोल फर्काए। दुई गोलसहित उत्कृष्ट प्रदर्शन गरेका निशान पराजुली प्लेयर अफ द म्याच घोषित भए । रुपन्देहीका ४४ विद्यालयविच प्रतिस्पर्धा भएको हो ।

प्रतियोगितामा उपाधि विजेता समूहले नगद ५१ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

You may also like