दोलखा हिमपहिरोमा परी तीन जनाको मृत्यु, पाँच जना बेपत्ता

by समतल अनलाइन
57Shares

काठमाडौँ।दोलखाको यलुङ रि क्षेत्रमा सोमबार बिहान हिमपहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । साथै कम्तीमा पाँच जना बेपत्ता भएका छन् ।

डोल्मा खाङ हिमाल आरोहणका लागि गएको समूह उक्त घटनामा परेको हो। सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार, हिमपहिरो बिहान करिब साढे १० बजे गएको थियो।

प्रारम्भिक विवरणअनुसार समूहमा केही विदेशी सदस्यहरू समेत रहेका छन्। ‘हालसम्म तीन जनाको मृत्यु पुष्टि भएको छ र पाँच जना बेपत्ता छन्,’ सहायक प्रमुख जिल्ला अधिकारी आलेले बताए ।

प्रहरीका अनुसार थप विवरण संकलन भइरहेको छ।

You may also like