तीन महिनामा वीरगञ्ज नाकाबाट आठ अर्ब ७० करोडका सवारीसाधन आयात

by समतल अनलाइन
77Shares

वीरगञ्ज ।पर्सा–वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आठ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरका विभिन्न सवारीसाधन नेपाल भित्रिएका छन्।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा सवारीसाधन आयातबाट मात्रै सात अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ।

कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवमा सवारीसाधनको आयात र राजस्व दुवैमा अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा छ अर्ब १९ करोड रुपैयाँ मूल्यका सवारीसाधन आयात भएका थिए भने पाँच अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

यस वर्षको तीन महिनामा मात्रै तीन अर्ब ४१ करोड मूल्यका २४ हजार ९३९ वटा **अनएसेम्बल्ड मोटरसाइकल** आयात भएका छन्। ती मोटरसाइकलबाट तीन अर्ब २८ करोड राजस्व संकलन भएको छ।
गत वर्ष सो अवधिमा दुई अर्ब ४९ करोड मूल्यका १९ हजार ४८९ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए।

त्यस्तै, चालु आवमा ६२ करोड २४ लाख मूल्यका ३३० वटा **जीप, कार र भ्यान** आयात भएका छन्, जसबाट एक अर्ब ७५ करोड राजस्व संकलन गरिएको छ।
गत आवमा सो अवधिमा ४३२ वटा (७६ करोड ५८ लाख मूल्यका) सवारीसाधन आयात हुँदा एक अर्ब ९६ करोड राजस्व संकलन भएको थियो।

यस्तै, विद्युतीय सवारीसाधनको आयातमा पनि उल्लेख्य वृद्धि भएको छ। चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख मूल्यका २२९ वटा विद्युतीय जीप, कार र भ्यान** आयात भएका छन्। ती सवारीसाधनबाट ४५ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ।

गत वर्ष सो अवधिमा भने १४ करोड ४९ लाख मूल्यका ९७ वटा विद्युतीय सवारीसाधन आयात हुँदा नौ करोड ११ लाख मात्रै राजस्व संकलन भएको थियो।

You may also like