बुटवल। एनएफ आई क्रियसन र चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाको आयोजनामा शनिबार लागु औषध दुर्व्यसनी नियन्त्रण सम्बन्धि जनचेतनामुलक फिल्म सरी ममको बुटवल स्थित फ्रेन्ड्स सिनेमामा प्रदर्शन सम्पन्न भएको छ ।बिद्यालय कार्यक्रम अन्तर्गत रुपन्देहीका प्याब्सन, हिसान र सामुदायिक स्कुल तथा कलेजमा कार्यरत शिक्षक एबम प्रतिनिधिमुलक बालक्लबका विद्यार्थीहरु र संचारकर्मीमाझ ‘सरी मम’ नामक जनचेतनामुलक चलचित्र प्रदर्शन गरिएको हो । बुटवल उपमहानगरपालिका, प्याब्सन रुपन्देही , एनप्याब्सन, हिसान,नार्कोनन नेपाल, फ्रेन्ड्स सिनेमा को सहयोगमा प्रदर्शन गरिएको १ घण्टा ४५ मिनेटको सो चलचित्र ‘सरी मम’ प्रदर्शन गरिएको छ । बिनोद लामा कार्यकारी निर्माता रहेको फिल्म ‘सरी मम’ मा युवाहरु दुर्व्यसनीमा फस्न सक्ने कारण मध्ये साथी भाइको गलत सङगत र पारिवारको बेवास्ता र सपोर्टको विषयमा चलचित्र केन्द्रित छ ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर उपप्रमुख सावित्रा अर्यालले अहिलेका युवाहरुको महत्वाकांक्षा बढी भएकाले कुलतमा जान सक्ने सम्भावना उच्च रहेको बताईन। घरमा बुवाआमाले आफ्ना सतातिको लागि ख्याल नगर्दा दुर्व्यसनमा फसेर जिबन नर्क हुन सक्नेहुँदा आफना छोराछोरीको आनिबानी र साथी संगतको बारेमा अभिभावकहरु पनि उत्तिकै सचेत हुनुपर्नेमा उनले जोड दिए । लागु औषध दुर्व्यसनी न्यूनीकरणका लागि सबैको निगरानी र प्रयत्न आवश्यक रहेको बताउदै नगर उपप्रमुख अर्यालले फिल्म अभिभावकका माझ विद्यार्थीलाई राखी प्रदर्शन गरिनुपर्ने बताईन। रुपन्देही पनि लागु औषध ओसारपसारको ट्रान्जिट बनिरहेको अवस्थामा यो फिल्म प्रदर्शन निकै सान्दर्भिक भएको चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेको भनाइ छ ।
सोही अवसरमा लुम्बिनी प्याब्सनका अध्यक्ष लालहरी पाण्डेले समाजलाई दुर्व्यसनीबाट मुक्त गर्न घर, परिवार, समाज र प्रशासन सबैको एकता आवश्यक पर्ने बताए । प्याब्सन बुटवलका अध्यक्ष मित्रहरी अर्यालले धेरै युवाहरु दुर्व्यसनीको सिकार भइरहेको अवस्थामा फिल्म सरी ममले सकारात्मक सन्देश प्रवाह गर्न सफल हुने उनले विश्वास व्यक्त गरे । साथै तिलोत्तमा बालमैत्री नगर संजालका अध्यक्ष बिबेक खड्काले किशोर उमेरबाटै गाउगाउमा लागु औषध नियन्त्रण गर्न प्रहरी प्रशासनको प्रयत्नले मात्र सम्भव नभएकाले नागरिकले पनि यसमा सहकार्य गर्न आवश्यक रहेको बताए । कार्यक्रममा उपस्थित महानुभावलाई स्वागत गर्दै एनएफआई क्रियसनका बिनोद लामाले पछिल्लो समय युवाहरु कुलतमा फस्ने क्रम बढ्दै गएकाले सकारात्मक मार्गमा लाग्न प्रेरित गर्न सचेतनामुलक फिल्म सरीमम प्रदर्शन गरिएको जानकारी दिए । फिल्म प्रदर्शन कार्यक्रममा रुपन्देहीका विभिन्न स्कुल र कलेजका करिब डेढ सय जना सरोकारवाला, विद्यार्थी एवम् प्राध्यापकहरुको सहभागिता रहेको थियो ।
समाजिक तथा यथार्थ मुलक पारिवारिक फिल्म सरीमम मा कलाकार हरु सरोज खनाल , सरिता लामीछाने,आरबी कटवाल, प्रभाल पाल ठकुरी , एलिस राई ,बसन्त राज कुँवर , रोजिना मगर,युनिषा बजगाईं , बिहान श्रेष्ठ, लक्ष्मीनाथ तिमिल्सिना लगायतको ससक्त अभिनय रहेको छ।




