त्रिशूलीमा बस खस्दा ३ को मृत्यु, १२ घाइते

धादिङ , साउन २४ । सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नंको यात्रुवाहक बस आज (शुक्रबार) बिहान ३ बजे त्रिशूली नदीमा खस्दा ३ जनाको मृत्यु भएको भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रसकर्मीहरू लागिरहेका छन् । मृतक तीन जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन ।

 
 
  
 

You may also like