नेपाल समूह विजेता बन्दै सुपर सिक्समा

by समतल अनलाइन
80Shares

काठमाडौँ । ओमानमा जारी आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिकमा समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएको छ ।

नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै समूह विजेता बन्यो । यसअघि नै नेपाल र जापान पहिलो जितबाटै सुपर सिक्स पुगेका छन् भने कुवेत छनोटबाट बाहिरिएको छ।

टि-ट्वान्टी आई वरीयतामा नेपाल १८ औं कुवेत २३ औं र जापान ४३औं स्थानमा छ। नेपाल र जापानबीच सिनियर टोलीबीच पहिलो पटक टि ट्वान्टी आईमा प्रतिष्पर्धा गरेको हो ।

You may also like