सुनको भाउमा नयाँ उचाइ, तोलाको मूल्य २ लाख ४० हजार नजिक

by समतल अनलाइन
56Shares

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य २ लाख ४० हजार नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ३८ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको हो । 

यस्तै चाँदीको मूल्य समेत ३ हजार ३५ रुपैयाँ पुगेको छ । बुधबार तोलामा २ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर कारोबार भएको हो । 

You may also like