कुवेतसँगको खेलमा नेपाल ब्याटिङमा

by समतल अनलाइन
64Shares

नेपालले आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा कुवेतविरुद्धको खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जित्दै कुवेतका कप्तान मोहम्मद अस्लामले फिल्डिङ रोजेका हुन्।

नेपालले आजको खेलमा करण केसीलाई बेन्चमा राखेको छ भने स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशी दुवैलाई प्लेइङ–११ मा समावेश गरेको छ।

नेपाल र कुवेतबीच अहिलेसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन खेल भएका छन्, जसमा नेपालले दुई खेलमा जित हात पारेको छ भने एक खेलमा पराजित भएको छ।

कुवेतविरुद्ध नेपालको प्लेइङ–११:
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र सन्दीप लामिछाने।

You may also like