फुलपातीमा ‘अभिमन्यु’ प्रदर्शन हुँदै: ट्रेलर र गीतले दर्शकको ध्यान तान्यो

by समतल अनलाइन
41Shares

काठमाडौं।सस्पेन्स र थ्रिलले भरिएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘अभिमन्यु: च्याप्टर वान’ यही असोज १३ गते, फुलपातीको अवसर पारेर देशभर प्रदर्शनमा आउँदैछ। फिल्मको हिन्दी संस्करण भने असोज १६ गते रिलिज हुने बताइएको छ।

७ सिज सिनेमाज् को ब्यानरमा निर्माण भएको यो चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी वर्देवा, किरण श्रेष्ठ, शिशिर वाङ्देल, गौमाया गुरुङ, र सरिता गिरि मुख्य भूमिकामा देखिनेछन्। चलचित्रको ट्रेलर तथा गीतहरू युट्युबमा सार्वजनिक भइसकेका छन्, जसले दर्शकको ध्यान तान्न सफल भएका छन्। विशेषगरी ‘लड्की गोरी’ गीतले दर्शकमाझ चर्चा पाएको छ।

यसअघि भदौ २७ मा रिलिज गर्ने तयारी भए पनि केही राष्ट्रिय परिस्थितिका कारण मिति सारिएको थियो। अब भने फिल्म हेर्न आतुर दर्शकहरूका लागि प्रतिक्षा अन्त्य हुने भएको छ।
‘अभिमन्यु’ मा रहस्य र रोमाञ्चकता मिश्रित कथा रहने निर्माण पक्षको भनाइ छ, जसले दर्शकलाई थामिन नसकिने जिज्ञासामा राख्ने अपेक्षा गरिएको छ।

यसैबीच, चलचित्रको अर्को रोमान्टिक गीत ‘मारु ज्यानलाई’ पनि सार्वजनिक हुने तयारीमा छ, जुन असोज ३ गते दर्शकमाझ ल्याइने जानकारी दिइएको छ।
‘पूर्णबहादुरको सारंगी’ जस्तो चलचित्र पस्किसकेको ७ सिज सिनेमाज् को यो नयाँ प्रयास ‘अभिमन्यु’ बाट पनि दर्शकहरूले फरक स्वादको सिनेमाटिक अनुभव पाउने आशा गरिएको छ।

You may also like