घुसपैठ भयो, तर हाम्रो आन्दोलन रोकिँदैन : जेन-जी

by समतल अनलाइन
66Shares

काठमाडौँ । जेन-जी मुभमेन्ट नेपालले सुचना जारी गर्दै आन्दोलन नरोकिने स्पष्ट पारेको छ । आन्दोलन शन्तिपूर्ण हुने स्पष्ट पार्दै आजको आन्दोलनमा घुसपैठ हुँदा आन्दोलनले दुःखदायी मोड लिएको विज्ञप्तिमा उल्लेख छ ।

‘जेन-जी को आवाज अझै पनि शान्तिपूर्ण, अनुशासित र कानुनी संघर्ष नै हो । हाम्रो आन्दोलन भवन वा संस्था विरुद्व होइन । भ्रष्टाचार, जनताको पैसाको दुरुपयोग र विश्वासघात विरुद्ध हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण नागरिक नागरिक, नेपाल प्रहरी, विश्व समुदायलाई स्पष्ट सन्देश छ… हाम्रो आवाज चोइटिन सक्दैन । नत अपहरण गरिन सकिन्छ । हामी शान्तिको पक्षमा छौं । हामी न्यायका पक्षमा छौं । हामी भविष्यको पक्षमा छौं ।’

राजनीतिक रुपमा परिचालितहरुले आन्दोलनलाई हिंसात्मक बनाएको जेन जी मुभमेन्टको भनाई छ । र ती स्वार्थका साथ आन्दोलनमा मिसिएकाले उद्देश्य पूरा नहुने जेन-जीले जनाएको छ ।

You may also like