71
काठमाडौं।जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको हो । निषेधित क्षेत्र तोडेर केही प्रदर्शनकारी संसद् भवन प्रवेश गरेका थिए ।
अहिले ठूलो संख्यामा प्रहरीले संसद्भित्रबाट सुरक्षा गरिरहेको छ । पश्चिम र दक्षिणतर्फ गेट अगाडि हजारौंको संख्यामा प्रदर्शनकारी छन् ।