भ्रष्टाचार र प्रतिबन्धविरुद्ध जेन–जी सडकमा

by समतल अनलाइन
55Shares

काठमाडौं । भ्रष्टाचार, विशेषाधिकार र सरकारले ल्याउन लागेको सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताले सोमबार बिहानदेखि आन्दोलन सुरु गरेका छन्। माइतीघरमा विभिन्न प्लेकार्डसहित उनीहरू सडकमा उत्रिएका हुन्।

हालै टिकटक र रेडिटमा भाइरल बनेको ‘नेपो किड्स’ अभियानले राजनीतिज्ञका छोराछोरीको विलासी जीवनशैलीमाथि प्रश्न उठाएको छ। भ्रष्टाचारबाट संचित सम्पत्तिले नेताका परिवार र सर्वसाधारण जनताबीच असमानता चुलिँदै गएको भन्दै आन्दोलनकारीले आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत आक्रोश पोखिरहेका युवाहरू अहिले सडकमा निस्केर प्रत्यक्ष प्रदर्शन गरिरहेका छन्। उनीहरूको भनाइमा सरकारको प्रतिबन्धको निर्णयले आवाज दबाउने प्रयास गरेको छ, जसले असन्तोषलाई झन् चर्काएको छ।

You may also like