मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवस मनाइदै

by समतल अनलाइन
68Shares

यस वर्षको नारा ‘तीनै तहका सरकार मिली गरौ हातेमालो, मानव बेचबिखनको हटाओं दुष्चक्रको जालो’ रहेको छ । यो मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवसको १९औं संस्करण हो ।

हरेक प्रकारको मानव वेचविखन अझ विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम संचालन गरिरहेको छ । आजको दिनले बिभिन्न कार्यक्रम, र्याली र सभाहरु मार्फत मानव वेचविखन रहित नेपालको पैरवी गर्दछ । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नुहँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रुपमा सफल हुन सकेको छैन् ।

यो नाराले संघीय, प्रदेश र स्थानीय – तीनै तहका सरकार मिलेर काम गर्नुपर्छ र संयुक्त प्रयास र हातेमालोबाट मात्र मानव बेचबिखनको दुष्चक्र अन्त्य गरेर सुरक्षित, न्यायपूर्ण र मर्यादित समाज बनाउन सकिन्छ ।

You may also like