‘कोशेढुंगा’ गाउँको जीवन र प्रेमसँग जोडिएको चलचित्र हो:अभिनेता मञ्जिल कुमार(अन्तर्वार्ता)

by समतल अनलाइन
516Shares

नेपाली चलचित्र उद्योगमा अहिले ठूलो उत्साह छ, किनभने बहुप्रतिक्षित चलचित्र ‘कोशेढुंगा’ आउँदो भदौ १२ गते देखि देशभरका हलहरूमा प्रदर्शन हुँदैछ। हालसालै नेपाली फिल्म इतिहासकै सबैभन्दा बढी कमाउने चलचित्र ‘पुर्ण बहादुरको सारङ्गी’ निर्देशन गरेका सरोज पौडेलको निर्देशनमा बनेको यस फिल्ममा आर्यन सिग्देल, सुरक्षा पन्त र नयाँ पुस्ताका अनुहार मञ्जिल कुमार मुख्य भूमिकामा देखिँदैछन्।

यस चलचित्रमा मञ्जिल कुमारले सुरक्षा पन्तको ‘अपोजिट’ अभिनय गरेका छन्। कथा गाउँको जीवन, प्रेम र संघर्ष वरिपरि घुम्छ।

मञ्जिल जी, छोटो समयमै नेपाली फिल्ममा चिनिनु भएको छ। यस्तो अवस्थामा कस्तो महसुस गर्नुभएको छ? यसले तपाईँलाई जिम्मेवारीजस्तो लाग्छ कि दबाबजस्तो ?

म निकै ‘एक्साइटेड’ छु। यसले जिम्मेवारी पनि थपेको छ। म मेहनत गरेर दर्शकलाई खुशी पार्ने कोसिस गर्नेछु।

‘कोशेढुंगा’ को निर्देशन सरोज पौडेलले गर्नुभएको छ, जसले ‘पुर्ण बहादुरको सारङ्गी’ जस्तो इतिहास रच्ने फिल्म दिनुभएको थियो। उहाँसँग काम गर्दा कस्तो अनुभव रह्यो? साथै, के सिक्नुभयो?

सरोज सरसँग काम गर्नु ठूलो अवसर हो। सुरुमा ‘प्रेसर’ थियो, तर उहाँबाट ‘डिसिप्लिन’ र अभिनयमा ‘डीटेल’ मा जाने कुरा सिकें।

यस चलचित्रमा तपाईँको जोडी सुरक्षा पन्तसँग बनेको छ। उहाँसँगको कार्यअनुभव र ‘अन-स्क्रिन’ ‘केमेस्ट्री’बारे भन्न सक्नुहुन्छ ?

सुरक्षा जी निकै ‘हेल्पफुल’ हुनुहुन्छ। सुरुमा म ‘नर्भस’ थिएँ, तर उहाँले साथ दिनुभयो। त्यसैले हाम्रो ‘केमेस्ट्री’ राम्रो देखिएको छ।

चलचित्रको कथा गाउँको जीवन र प्रेमसँग जोडिएको छ। तपाईँले निर्वाह गर्नुभएको भूमिकाबारे थोरै भन्न सक्नुहुन्छ? दर्शकले फिल्मबाट पाउने सन्देश के हो ?

मैले गाउँमा बस्ने सामान्य युवाको भूमिका खेलेको छु। उसको संघर्ष, प्रेम र परिवारसँगको सम्बन्ध देखाइएको छ। दर्शकले आफ्नै जीवनसँग मेल खाने पक्का छ।

आर्यन सिग्देल र सुरक्षा पन्त जस्ता चर्चित कलाकारहरूसँग पर्दा बाँड्नुभयो। उहाँहरूसँग काम गर्दा चुनौतीपूर्ण कि प्रेरणादायी अनुभव भयो ?

सुरुमा अलि डर लाग्यो, ‘नर्भस’ पनि थिएँ। तर आर्यन दाइ र सुरक्षा जी दुबै ‘सपोर्टिभ’ हुनुहुन्थ्यो। पहिलो ‘सिन’ पछि आत्मविश्वास बढ्दै गयो।

भदौ १२ गते देशभर रिलिज हुन लागेको ‘कोशेढुंगा’ का लागि तपाईँ आफ्ना दर्शक र प्रशंसकलाई के भन्न चाहनुहुन्छ ?

कृपया हाम्रो फिल्म भदौ १२ गते नजिकैको हलमा आएर हेर्नुहोस्।

अन्तिम सन्देश दर्शकलाई ?

कृपया हाम्रो चलचित्र ‘कोशेढुंगा’ हेर्नुहोस्। यो गाउँको जीवनसँग जोडिएको छ, मनोरञ्जनका सबै ‘फ्लेभर’ छन्। मैले मेहनत गरेको छु, निर्देशक सरले पनि धेरै मेहनत गर्नुभएको छ। भदौ १२ गते नजिकैको हलमा आउनुहोस्।

You may also like