उत्तराखण्ड बाढीमा परेका नेपालीको उद्धारका लागि कुटनीतिक छलफल

by समतल अनलाइन
63Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा आएको बाढीमा परेका नेपाली नागरिकको उद्धारका लागि दूतावासमार्फत कुटनीतिक छलफल भएको जानकारी दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक परेको खबर आफूलाई दुखी तुल्याएको बताउँदे उनीहरूको उद्धारको लागि दूतावासमार्फत तत्का कुटनीतिक छलफल भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु । बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ । उनीहरूको उद्दारको लागि दूतावासमार्फत तत्काल कुटनीतिक छलफल भएको थियो । बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु ।’

You may also like