आज ६९ जिल्लामा बाढीको जोखिम उच्च, ५ जिल्लामा ‘रेड अलर्ट’ जारी

by समतल अनलाइन
101Shares

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ६९ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।

महाशखाले दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरमा रेड अलर्ट र काठमाण्डु, ललितपुर, भक्तपुरसहितका ६९ जिल्लामा एल्लो अलर्ट जारी गरेको हो ।

आज दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम अति उच्च रहने भएकाले रेड अलर्ट जारी गरिएको हो ।

यस्तै काभ्रेपलान्चोक, मकवानपुरमा बाढीको सम्भावना उच्च रहने महाशाखाले जनाएको छ । यि दुइ जिल्लालाई ओरेन्ज अलर्ट जारी गरिएको छ ।

यस्तै संखुवासभा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, रुपन्देही, नवलपरासी पुर्व, नवलपरासी पश्चिम, कपिलबस्तु, म्याग्दी, प्युठान, अर्घाखाँची, जाजरकोट, डोल्पा, रुकुम पश्चिम, दैलेख, कालिकोट, सुर्खेत, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।

साथै इलाम, झापा, ताप्लेजुङ, तेर्हथुम, पांचथर, खोटाङ, ओखलढुगां, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, धादिङ, नुवाकोट, रसुवा, स्याङ्जा, तनहुं, पर्वत, गुल्मी, जुम्ला, मुगु, हुम्ला, बाजुरा र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना मध्यम रहने महाशाखाले जनाएको छ ।

यस्तै आज २३ ठुला नदिमा पानीको जलस्तर उल्लेख्य बढ्ने भएकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



नोटः हरियो रङले जलसतह सतर्कता तह भन्दा तलै रहने र बाढीको न्यून जोखिम हुने संकेत गर्दछ।

पहेलो रङले जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिम रहेको संकेत गर्छ।

सुन्तला रङले जलसतहले सतर्कता तह पार गर्ने र बाढीको उच्च जोखिम रहेको संकेत गर्दछ।

रातो रङले जलसतहले खतरा तह पार गर्ने र बाढीको अति उच्च जोखिम हने संकेत गर्दछ।

You may also like