गुल्मीको कालीगण्डकी करिडोरमा पहिरो, सडक पूर्ण रूपमा अवरुद्ध

by समतल अनलाइन
59Shares

गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका-१ गरगरे र वडा नं.२ राक्से क्षेत्रमा पर्ने कालीगण्डकी करिडोर सडक खण्डमा आज बिहान ७:३० बजे पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

लगातारको वर्षाका कारण पहिरो खस्दा दुवै दिशाबाट आवागमन ठप्प भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ । पहिरोको कारण यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

स्थानियबासीका अनुसार विगत केही दिनदेखि भइरहेको वर्षाले पहिरोको जोखिम अझ बढाएको छ । अहिले पनि सडक क्षेत्र वरिपरि साना पहिरो खसिरहेकाले उद्धार तथा सडक खुलाउने काममा ढिलाइ भइरहेको छ । यद्यपि, डोजर सहितको प्राविधिक टोली घटनास्थलतर्फ पठाइएको र अविलम्ब सडक खुलाउने प्रयास भइरहेको कालीगण्डकी गाउँपालिकाले जनाएको छ ।

You may also like