पाल्पाको माल्मुलमा पहिरो, तानसेन–रिडी सडक दुबैतर्फ अवरुद्ध

by समतल अनलाइन
99Shares

पाल्पा ।पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका–३, माल्मुलस्थित तानसेन–रिडी सडकखण्डमा माथिबाट पहिरो खस्दा सडक दुबैतर्फ अवरुद्ध भएको छ ।

मंगलबार विहानको समयदेखि अविरल वर्षाका कारण सो स्थानमा ठूलो पहिरो खसेको र सडक पूरै बन्द भएको जानकारी आएको छ । पहिरोका कारण सवारी साधन आवत–जावत ठप्प भएको छ । यात्रुहरू बाटोमा अलपत्र परेका छन् ।

प्रहरी र सडक डिभिजनको टोलीले सडक खुलाउने प्रयास जारी राखेको बताइएको छ । पहिरो पन्छाउन केही समय लाग्न सक्ने अनुमान गरिएको छ । स्थानीय बासिन्दा र यात्रुहरूले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

You may also like