अर्थतन्त्रमा सुधारबिना फुकेको नेप्सेमा भारी गिरावट

by समतल अनलाइन
22Shares

काठमाडौं।देशको अर्थतन्त्रमा कुनै उल्लेख्य सुधारबिना मौद्रिक नीतिको सहजीकरणले मात्रै फुकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिनको कारोबारमा भारी गिरावट आएको छ ।

आइतबार नेप्सेमा १३ अर्ब सात करोड ५० लाख चार हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से परिसूचक ६३.७३ अंकले घटेको हो ।

आइतबारको कारोबारमा दुई सय ३३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने १६ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । नेप्से परिसूचकमा भारी गिरावट आउँदा आइतबार नेप्सेको पुँजीकरण पनि २.१८ प्रतिशतले घट्यो ।

आइतबार नेप्सेको सबै उपसमूह राताम्य बनेको छ जसमध्ये दुई सय ९७ दशमलव अर्थात् सबैभन्दा धेरै अंकले जीवन बिमा समूहमा गिरावट आएको छ ।

आइतबार नेप्सेमा भएको शेयर कारोबारमा ट्रेड टावर लिमिटेडको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सान्भी इनर्जीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

You may also like