बुटवल । रुपन्देहीको सियारीमा भएको मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । एकजना गम्भिर घाइते भएका छन् । प्रहरीका अनुसार मृतक र बाबु छोरा हुन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार सियारी गाउँपालिका वडा नं. ७ भर्थापुरमा आइतबार विहान मोटरसाइकल दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरीका डिएसपी गणेश सापकोटाले मोटरसाइकल दुर्घटनामा परि मायादेवी गाउँपालिका वडा नं. ७ गर्गटीका ६० वर्षीय राममिलन धवलको मृत्यु भएको जानकारी दिए । आफ्नै छोरा ३० वर्षीय विनोद धवलले चलाएको मोटरसाइकलको पछाडी सवार राममिलनको उपचारको क्रममा मृत्यु भएको हो ।
विनोदले चलाएको मोटरसाइकल सडकमा अनियन्त्रित भई आफै दुर्घटनामा परेको थियो । दुर्घटनामा परि घाइते भएका दुबैजनालाई उपचारको लागि अस्पताल पुर्याए पनि राममिलनको उपचारको क्रममा मृत्यु भएको हो भने विनोदको भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको, हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।