बुटवल । भारतको बम्वईमा प्रसिद्ध स्ट्रिट फूड वडापाउ र पाउभाजि
अब बुटवलमै पाईने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ शान्तिचोकमा बुधबारदेखि सञ्चालनमा आएको ‘द बम्बे लाउन्ज’मा बम्वईमा प्रसिद्ध स्ट्रिट फूड वडापाउ र पाउभाजी, नेपाली, इण्डियन, चाईनिज तथा कण्टिनेन्टल सहित २३ देशका ब्राण्ड बनेका जुनसुकै खाना पाईने सञ्चालक विष्णु खत्रीले जानकारी गराउनु भयो ।
भारतको बम्वई लगायत अन्तर्राष्ट्रिय स्तरमा होटल तथा क्याट्रिङ २५ वर्षको अनुभव हासिल गरेका ७ जना युवाहरुले स्थापना गरेको खत्री ग्रुपको करिव डेढ करोड लगानीमा उक्त लाउन्ज सञ्चालनमा आएको हो ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका ५ बम्घाका पारिवारिक सदस्यहरु मिलेर स्थापना गरिएको उक्त खत्री ग्रुपमा विष्णु खत्री, युवराज खत्री, नरबहादुर खत्री, श्रवण खत्री, विकास खत्री, विपिन खत्री र तारा खत्री रहनु भएको छ ।
बम्घाबासी चौरासी पुरा गरेका जेष्ठ नागरिकहरु शेरबहादुर खत्री, लोकनाथ भण्डारी, कृष्णप्रसाद श्रेष्ठ र पूर्णलाल श्रेष्ठले संयुक्त रुपमा रिवन काटेर उक्त लाउञ्जको उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा उहाँहरुले आफ्ना छोरा भतिजाले होटलमा लगानी गरेकोमा खुसी लागेको बताउँदै दीगो सञ्चालनको शुभकामना पनि व्यक्त गर्नुभयो ।
डेढ कट्ठा जग्गा लिजमा लिएर पूर्वाधार निर्माण गरि द बम्वई लाउन्ज सञ्चालन गरिएको हो । उक्त लाउन्जमा पूर्ण पारिवारिक वातावरण सहितको १ सय जना भन्दा बढी क्षेमताको कार्यक्रम हल, ४ वटा क्याविन, फेमिली जोन, माथिल्लो तलामा हुक्का बार र सेल्फी जोन समेत रहेको ग्रुपका अध्यक्ष श्रवण खत्रीले जानकारी दिनुभयो ।
ग्राहकलाई पूर्ण सन्तुष्टि प्राप्त हुनेगरी पूर्ण पारिवारिक वातावरण, शुद्ध र गुणस्तरयुक्त खानाका परिकार पस्किनुका साथै ग्राहकमैत्री व्यवहार प्रदान गरिने ग्रुपको अध्यक्ष खत्रीले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार ५ किलोमिटर वरिपरी होम डेलिवरीको समेत व्यवस्था गरिएको छ ।
दीगो सञ्चालनको लक्ष्य सहित उद्घाटन गरिएको उक्त लाउन्जमा हस्पिटालिटी तालिम प्राप्त कुक तथा वेटर सहित प्रत्यक्ष रुपमा ३५ जनालाई रोजगारी प्रदान गरिएको उहाँले बताउनु भयो । लाउञ्जको एक हप्ताको ओपनिङ पिरियडमा ग्राहकलाई सबै सेवामा २० प्रतिशत छुट प्रादान गरिएको र आफ्नो लाउञ्जमा आएर फूड टेष्ट गर्नको लागि खत्री ग्रुपले आम उपभोक्तालाई आह्वान गरेको छ ।